बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

आजदेखि समाजवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले शनिबारबाट सुरु हुने केन्द्रीय कमिटीको पूर्ण बैठकको एजेण्डा तय गरेको छ । 

नेकपा (एस)को शुक्रबार स्थायी कमिटी बैठकले आजबाट हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको हो । केन्द्रीय कमिटी बैठक आज र भोलिसम्‍म चल्‍नेछ ।

बैठकको एजेण्डामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीदेखि सरकारमा सहभागी भएका पार्टीका मन्त्री र प्रदेश प्रमुखले गरेको कार्य र कार्य कार्यबारे बैठकलाई जानकारी गराउनेसम्म छ ।