एमाले महोत्तरीमा महाअधिवेशन प्रतिनिधि छान्न सकस
बैठकमा विवाद उत्पन्न भएपछि विनानिष्कर्ष स्थगित

महोत्तरी - नेकपा एमाले महोत्तरीको महाअधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएको छ । प्रदेश कमिटीका सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारीलेसमेत प्रतिनिधिका लागि दाबी गरेपछि विवाद उत्पन्न भएको हो ।
एमाले नेतृत्वले शनिबारसम्म देशभरिबाट महाधिवेशन प्रतिनिधि छनोट गरिसक्न निर्देशन दिए पनि महोत्तरीमा भने सर्वसम्मतिमा प्रतिनिधि छनोटमा समस्या देखिएको छ । प्रतिनिधि छनोटको लागि शुक्रबार बसेको बैठकमा विवाद उत्पन्न भएपछि बैठक विनानिष्कर्ष स्थगित भएको छ ।
एमाले महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकीका अनुसार महोत्तरीमा अहिलेसम्म १७ हजार ७ सय सदस्य छन् । सदस्य संख्याको आधारमा एमालेको विधानअनुसार झण्डै २८ जना प्रतिनिधि छान्नुपर्ने हुन्छ । ‘माहाअधिवेशन प्रतिनिधिमा सबैको दाबी भएपछि सहमति हुन सकेको छैन तर हामी गृहकार्य गरिरहेका छौं,’ इन्चार्ज बलाम्पाकीले भने ।
दलित प्रतिनिधिको लागि भने आरक्षण कोटा भएको हुँदा कुनै विवाद नभएको पनि बलाम्पाकीले जानकारी दिए । अहिलेसम्म महाअधिवेशन प्रतिनिधिको लागी कोही पनि निर्विरोध चयन नभएको नेकपा एमाले महोत्तरीले जनाएको छ ।

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित

धर्म नभएकाले राजनीति गर्दा नागरिकलाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्ध…

‘बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ’ : प्रधा…

‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’

"निजी क्षेत्रको समस्या समाधान सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल"

हात हालाहालको स्थिति लडाइँमा परिणत हुन पाएनः प्रधानमन्त्री ओली

‘बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ’

प्रतिक्रिया