इन्धनको मूल्यवृद्धिविरुद्ध विप्लव समूहको मसाल जुलुस

उदयपुर – सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा विप्लव र माओवादी मजदुर पार्टीले संयुक्त रूपमा मसाल जुलुस प्रदर्शन गरेका छन् । शुक्रबार साँझ रियाद पेट्रोल पम्प परिसरबाट नेकपा विप्लव र माओवादी मजदुर पार्टीका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरू मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् । मूल्यवृद्धिको विरोधमा कटारी, नेपालटार, गाईघाट, बेल्टारमा मसाल जुलुस प्रदर्शन गरिएको नेपाल कम्युनिस्ट पार्टी विप्लवका उदयपुर सेक्रेटरी लक्ष्मण पौडेलले जानकारी दिए ।
सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ । खाना पकाउने ग्यासको पनि मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्याइएको छ । बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया