बहराईनले नेपाललाई कोभिड-१९ को रेड लिस्टबाट हटायो

काठमाडौँ- बहराइनले नेपाललाई कोभिड-१९ को 'रेड लिस्ट' बाट हटाएको छ । बहराईनस्थित नेपाली दूतावासले नेपाललाई 'रेड लिस्ट' बाट हटाउन आग्रह गरेको थियो ।
स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई कोभिड नियन्त्रणका लागि विवरण माग गरेको थियो । मन्त्रालयले दूतावासलाई खोप कार्यक्रमलगायतको विवरण माग गरेको थियो । कोभिड नियन्त्रण गर्न गरिएको प्रगतिलाई लिएर बहराईनले नेपाललाई रेड लिस्टबाट हटाएको हो ।
विश्व स्वास्थ्य संगठनले मान्यता प्रदान गरेको खोप लगाएकाले क्वारेन्टाइनमा बस्नु नपर्ने दूतावासले जनाएको छ । क्यू आर कोडसहितको खोप प्रमाणपत्र साथमा भने लिएर जानुपर्ने छ ।
खोप नलगाएका र मात्रा पूरा नगरेकाले बहाराईनको स्वास्थ्य मन्त्रालयले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने छ । बहराइन पुगेपछि भने विमानस्थल, पाँचौं र १० औं दिनमा पीसीआर परीक्षण गर्नुपर्नेछ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया