घमण्डकै कारण ओली सत्ताबाट बाहिरिए : माधव नेपाल

सुनसरी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो घमण्डकै कारण सत्ताबाट बाहिरिएको टिप्पणी गरेका छन् । शुक्रबार सुनसरीको चतराधाममा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै नेपालले यस्तो बताएका हुन् ।
‘यो संसारमा राम्रो बाटो हिँड्ने पनि छन्, नराम्रोतिर पनि हिँड्ने छन् । सताउने पनि छन् । तर आफू कस्तो बन्ने ? कुन बाटो हिँड्ने भन्नेमा चनाखो रहनुपर्छ,’ ओलीतर्फ संकेत गर्दै नेपालले भने, ‘आफ्नो दम्भ र घण्मडकै कारण केही व्यक्तिले शक्ति र सत्ताबाट बाहिरिनु परेको छ । सत्तामा पुगेपछि सबैभन्दा ठूलो मै हुँ, मैले भनेको सबैले मान्नुपर्छ भन्ने दम्भबाट कोही बाहिरिएका छन् ।’
अरूलाई अपमान गर्ने, शक्तिमा बसेर अरूलाई फरक नजरले हेर्ने प्रवृत्तिले निरंकुश शक्ति हाबी हुने उनले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले चतराधाम विश्व स्तरमा चिनाउन आफू प्रधानमन्त्री भएका बेला उल्लेखनीय काम गरेको स्मरण गरे । विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बीलाई धर्मप्रति जागरुक बनाउन चतराधामले महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए । उनले चतारामा धार्मिक संग्रहालय निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

‘विकाससँग सांसद जोडिनुपर्छ’

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

प्रतिक्रिया