न्यायालयको समस्या न्यायालय आफैंले समाधान गरोस्: मन्त्री बडू

काठमाडौँ- कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूले न्यायालयभित्र देखिएको समस्या न्यायालय आफैले समाधान गर्नुपर्ने बताएका छन् । आज (शुक्रबार) सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले न्यायापालिकाभित्रको विवादमा सरकारले पसेर सुल्झाउन नमिल्ने बताए ।
उनले भने, 'संविधानले तोकेका सीमालाई हामी सम्मान गर्छौ, हामी स्वतन्त्र न्यायापालिकाको पनि सम्मान गर्छौ, यसलाई छिटो भन्दा छिटो टुङ्गयाउनुपर्छ ।' न्यायापालिकाभित्रको समस्या हेरिरहेको र यो छिट्टो समाधान होस् भन्ने अपेक्षा र आग्रह सरकारको रहेको उनले बताएका छन् ।
'समस्या नटुङ्याउँदा जनताकाे न्याय पाउने अधिकार कुण्ठित हुन्छ, जनताको समस्या सरकारको हो, पछि पछि हुँदा धेरै समस्या हुन सक्छन्' उनले भने । समस्या समाधानका लागि बार, न्यायाधीश र प्रधानन्यायाधीशहरुलाई आफूले पनि आग्रह गरेको उनले बताए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया