इन्धनको मूल्यवृद्धि फिर्ता नलिए देशभर यातायात ठप्प पार्छाैं : महासंघ

काठमाडौँ – सरकारले इन्धनको मूल्यवृद्धि फिर्ता नलिए देशभरको सार्वजनिक यातायात ठप्प पार्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चेतावनी दिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासंघका महासचिव सरोज सिटौलाले यस्तो चेतावनी दिएका हुन् । ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि निगमले फिर्ता नलिए देशभरका सार्वजनिक यातायात ठप्प पार्छौं,’ सिटौलाले भने । उनले नेपालका राजनीतिक दलले आयल निगममाथि अनावश्यक चलखेल गरेको तर्कसमेत गरे । यता निगमले भने पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नहुने स्पष्ट पारेको छ ।
कार्यक्रममा निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताए । उनले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिनु निगमको बाध्यता भएको भन्दै मूल्यवृद्धि फिर्ता नहुने स्पष्ट पारे । मूल्यवृद्धि नगर्दा निगमलाई अर्बौं घाटा हुने भएकोले बाध्य भएर मूल्यवृद्धि गरिएको उनको भनाइ छ ।
कार्यक्रममा नेकपा माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले निगमले मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताइन् । आफ्नो पार्टीका मन्त्रीहरूको कुर्सी खुस्किन्छ भने पनि आफूहरूलाई त्यो सरोकारको विषय नभएको भन्दै मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राखिने उनको भनाइ छ ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेललाई तत्काल बर्खास्त गर्न सरकारसमक्ष आग्रह गरे । उनले अहिले आपूर्ति मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै चलाएकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनताको ढाड सेकेकाले सो मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गरे ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

प्रतिक्रिया