राणाले तोकेका आठ इजलास न्यायाधीशहरूद्वारा बहिष्कार

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको विषयलाई लिएर सर्वाेच्च अदालतको वातावरण झनै द्वन्द्वउन्मुख छ । आज शुक्रबार नेपाल बार एसोसियसनले प्रधानन्यायाधीशलाई सर्वाेच्च अदालतभित्र प्रवेश गर्न नदिने रणनीतिका साथ प्रदर्शन गर्यो ।
उक्त अवरोध छिचोल्दै प्रवेश गरेका प्रधानन्यायाधीश राणाले आज शुक्रबाररको लागि आठ वटा इजलास तोकेका थिए । तर, तोकिएको कुनै पनि इजलास बस्न नसकेको विवरण सर्वाेच्च अदालतले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।
आजको इजलास सबै न्यायाधीशहरुले बहिष्कार गरे । त्यस्तै वकिलहरुले पनि सबै इजलास बहिष्कार गरेर प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलनमा होमिए । आज शुक्रबार तोकिएको आठ वटा इजलासमा १३३ मुद्दा तोकिएको थियो । १५ दिनदेखि प्रधानन्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने तर, अन्य मुद्दा तोकिएको इजलास बहिष्कार गर्ने गरेका थिए । बन्दी प्रत्यक्षीकरणको मुद्दा पनि न्यायाधीशहरुले नियमित रुपमा हेरेका छैनन् ।
प्रधानन्यायाधीश राणाले आफूलाई भने आज कुनै पनि इजलास तोकेनन् । तर, न्यायाधीशहरु दीपककुमार कार्की, कुमार चुडाल, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई, सुष्मालता माथेमाको इजलास तोकेका थिए । त्यस्तै बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, नहकुल सुवेदी, कुमार रेग्मी र तेजबहादुर केसीलाई इजलास तोकेका थिए। यीमध्ये सात संयुक्त र एउटा एकल इजलास थिए।
संघीय संसद्को दुवै बैठक बस्दै: सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जा…

शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहनेछु : पूर्वमन्त्री भट्टराई

प्रचण्ड भन्छन्- जादु चलाउन चाहे सक्छु तर सरकार बनाउने पक्षमा छैनौँ

विद्यालय शिक्षा विधेयकसम्बन्धी गठित उपसमितिको म्याद १० दिन थपियो

एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्यांक छैन : शिक्षामन्त्र…

सरकारविरूद्ध संसद्मा प्रचण्डले खर्चिएका ३४२२ शब्द

सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुक्यो : कोइराला

प्रतिक्रिया