बारको धर्ना सकियो, सर्वोच्च छिर्ने सेवाग्राहीको लाइन

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गरेको नेपाल बार एसोसिएसनको आज (शुक्रबार) को धर्ना सकिएको छ ।
प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेश गर्न नदिने उद्देश्यका साथ शुक्रबार कानुन व्यवसायी धर्नामा बसेका थिए । तर, प्रधानन्यायाधीश जबरा अर्कै गेट प्रयोग गरी कार्यालय प्रवेश गरेका थिए ।
कार्यपालिकासँग राजनीतिक भागबण्डा खोजेकोलगायतका माग राखेर बार निरन्तर आन्दोलनमा उत्रिएको छ ।
बारको शुक्रबारको धर्ना सकिएसँगै सेवाग्राहीले सर्वोच्च अदालत प्रवेश पाएका छन् । सर्वोच्च प्रवेश गर्ने सेवाग्राहीको लाइन नै लागेको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया