मालेको महाधिवेशन पनि चितवनमै

काठमाडौँ – नेकपा मालेले पार्टीको ८ औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ । चितवनमा १० औं राष्ट्रिय महाधिवेशन गर्नको लागि नेकपा एमालेले तयारी गरिरहेका बेला मालेले पनि बिहीबार पत्रकार सम्मेलन गरी आफ्नो महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।
महाधिवेशनमा देशभरबाट ३ सय ५० प्रतिनिधि सहभागी हुने महाधिवेशन मूल आयोजक समितिका संयोजक तथा पार्टी स्थायी समिति सदस्य दिननाथ घिमिरेले जानकारी दिए । २७–२९ कात्तिकमा हुने महाधिवेशनको लागि तयारी तीव्र पारिएको उनको भनाइ छ ।
मालेको महाधिवेशन नारायणगढस्थित नारायणी कला मन्दिरमा हुने उनले जानकारी दिए । महाधिवेशनबाट ७५ सदस्यीय केन्द्रीय कमिटी, ११ सदस्यीय स्थायी समिति, र २१ जना पोलिटब्यूरो सदस्य चयन हुने उनको भनाइ छ । त्यस्तै, २० वटा विभागको नेतृत्व पनि चयन हुनेछ ।
‘सबै कमिटी र समितिको नेतृत्व सर्वसम्मतिले गर्ने हाम्रो कोसिस हुनेछ’, उनले भने, ‘महाधिवेशनमा अबको नयाँ जनवाद, संगठनात्मक सिद्धान्त, कार्य नीतिमाथि छलफल हुन्छ । महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन र पार्टीको विधान संशोधन लगायतका दस्ताबेजमाथि पनि समूहगत छलफल गरिनेछ ।’
महाधिवेशनको उद्घाटन गर्नुअघि नारायणगढमा जुलुस निकालिने उनले बताए । प्रदेश संरचना र एमसीसी खारेज अभियानलाई थप सशक्त बनाउँदै स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने कुरामा पार्टीका मुख्य ध्यान हुने उनको भनाइ छ । नेकपा माले ११ पुस २०३५ मा स्थापना भएको हो । २०५८ मा यसको पुनर्गठन गरिएको थियो ।

अर्थ समितिको बैठक आज एकैदिन दुई पटक बस्ने

वाइसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउने

लुम्बिनी महामन्त्री विक्रम खनाललाई कांग्रेसले गर्यो पार्टीबाटै निस्कासन

प्रतिनिधिसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?
उद्धार, राहत र मानवीय सहयोगमा समन्वय गरी जुट्न कार्यकर्तालाई रास्वपाको आह्वान

रसुवामा बाढी : केन्द्रीय सुरक्षा समितिको बैठक १ बजे

सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

प्रतिक्रिया