रक्सी खाएर होहल्ला गर्ने कांग्रेस गाउँ समिति सभापति पक्राउ

कपिलवस्तु – रक्सी खाएर होहल्ला गर्ने नेपाली कांग्रेस विजयनगर गाउँ समिति सभापति जानकीप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । विजयनगर गाउँपालिका - ६ खरेनी चोकमा यादवले स्थानीयसँग झगडा गरेको प्रहरीले जनाएको छ ।
पदको धम्की दिँदै झगडा गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार राति ९ बजे तिर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घटना स्थलमा इलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी पुगेपछि ड्युटीमा खटिएका प्रहरीलाई समेत उनले अभद्र व्यवहार गरेका थिए । यादवले प्रहरी निरीक्षक रणबहादुर विष्टलाई फोन गरी गाली गर्ने र थर्काउन लागेपछि नियन्त्रणमा लिई प्रहरी कार्यालयमा पुराएको प्रहरीले जनाएको छ ।
प्रहरीले राजनीतिक दबाबका कारण उनलाई एक घण्टा भित्रै नियन्त्रण मुक्त गरेको थियो । यादवलाई नियन्त्रणमा लिई छाडेको प्रहरी निरीक्षक विष्टले स्वीकार गरेका छन् । पक्राउ परेका यादव नेपाली कांग्रेसको असोजमा सम्पन्न गाउँ अधिवेशनबाट गाउँ समिति सभापतिमा विजयी भएका थिए । उनी गौतम बुद्ध साझेदारी वनका अध्यक्षसमेत हुन् । घटनाको विषयमा सभापति यादवसँग सोधपुछ गर्दा गलत आरोपमा फसाएको दाबी गरेका छन् ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया