महाधिवेशनमा चितवनबाट एक लाख कार्यकर्ता उतार्न प्रदीप ज्ञवालीको निर्देशन

चितवन – प्रमुख प्रतिपक्षी नेकपा एमाले स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले आसन्न महाधिवेशनमा चितवनबाट मात्रै एक लाख कार्यकर्ता उतार्न निर्देशन दिएका छन् । बिहीबार एमाले भरतपुर महानगर कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भरतपुर महानगर कमिटीका कार्यकतालाई यस्तो निर्देशन दिएका हुन् ।
‘चितवनबाट मात्रै तपाईंहरूले एक लाखभन्दा बढी कार्यकर्ता उतार्नुपर्ने छ । सुन्दा अस्वाभाविकजस्तो लाग्ला । पार्टी सदस्यका हिसाबले पनि एक जनाले पाँच जना ल्याइयो भने चितवनले एक लाख त सजिलै उतार्न सक्छ । बाँकी चार लाख हाम्रो जिम्मामा छाड्नुस्’, उनले भने, ‘जनपरिचालनमा चितवनले बढी ध्यान दिनुपर्ने छ ।’
एमालेविरुद्ध सर्वोच्च अदालतसहित पाँचदलीय गठबनले चौतर्फी षड्यन्त्र र मोर्चाबन्दी गरेकाले त्यसको भण्डाफोर गर्न उनले कार्यकर्तालाई निर्देशन दिए । एमालेभित्रका अवसरवादीलाई प्रयोग गरेर अध्यादेशको चरम दुरुपयोग गरिएकोसमेत उनले बताए । यी सबै षड्यन्त्रका विरुद्ध महाधिवेशनको उद्घाटन सत्रमा जनताको महासागर उतारेर एमालेको शक्ति देखाउनुपर्ने उनको भनाइ छ ।
एमालेमाथि भइरहेको षड्यन्त्र र घेराबन्दीविरुद्ध महाधिवेशनमा पाँच लाख कार्यकर्ताको महासागर उतारेर शक्ति प्रदर्शन गर्नुपर्ने उनले बताए । मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमालेले पार्टीको १० औं महाधिवेशन आयोजना गर्दै छ ।
महानगर कमिटीले लियो शपथ
एमाले भरतपुर महानगर कमिटीको नयाँ पदाधिकारीले बिहीबार शपथ ग्रहण गरेका छन् । लामो रस्साकस्सीपछि सर्वसम्मत रूपमा चयन गरिएको भनिएको कमिटीलाई एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीको उपस्थितिमा शपथ खुवाइएको हो ।
महानगर कमिटीमा शंकर थपलियाको अध्यक्षतामा १ सय १४ सदस्यीय कमिटी चयन गरिएको छ । थपलियालाई एमाले जिल्ला नेता केशव रेग्मीले शपथ खुवाएका हुन् । महानगर कमिटी अध्यक्ष थपलियाले सचिव, सहसचिवलगायत सदस्यलाई शपथ खुवाएका हुन् । महानगर कमिटीको सचिवमा टिकाराम सुवेदी र सहसचिवमा निशा अधिकारी चयन भएका छन् ।
उपाध्यक्ष र एक सहसचिव पछि थप गर्ने भनिएको छ । महानगर कमिटीको अधिवेशन कात्तिक १५ गते भएको थियो । अध्यक्षलगायतको पदमा धेरै आंकाक्षी देखिएपछि पदाधिकारी चयनमा पार्टी नेतृत्वलाई सकस भएको थियो । अध्यक्षका प्रत्याशी प्रह्लाद प्रधानको समूहले महानगर कमिटीको शपथ ग्रहण कार्यक्रमै ब्यानर प्रदर्शन गरेर विरोध जनाएका थिए ।

माओवादी पदाधिकारी बैठक ४ बजे
_x2wAyBYCtt_md95tvkbx99dgdn6bupg7njtqa05ymyzc93pgqwufrr8owc3f3zfjutn7pkx_CDrWiEJROK_jc9o5ynlwq137fgau6pu4rnvyq4h9gsd53g5wxf4bnn8fz324i54v0oyrozt.jpg)
कांग्रेसले कारबाहीको डण्डा चलाएपछि शेखर समूहको निष्कर्ष : सशक्त प्रतिरोध गरेर …

अर्थ समितिको बैठक आज एकैदिन दुई पटक बस्ने

वाइसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउने

लुम्बिनी महामन्त्री विक्रम खनाललाई कांग्रेसले गर्यो पार्टीबाटै निस्कासन

प्रतिनिधिसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?
उद्धार, राहत र मानवीय सहयोगमा समन्वय गरी जुट्न कार्यकर्तालाई रास्वपाको आह्वान

प्रतिक्रिया