बर्दिबासको दुर्गा मन्दिरबाट भैरवको मूर्ति हरायो

महोत्तरी – महोत्तरीको बर्दिबासस्थित नवनिर्मित दुर्गा मन्दिरबाट बिहीबार भैरवको मूर्ति हराएको छ । मन्दिरको झ्याल तोडफोड गरी उक्त मूर्ति चोरी भएको स्थानीयले बताएका छन् ।
बिहानको समयमा मन्दिर जाँदा झ्याल तोडिएको अवस्थामा रहेको स्थानीयबासीले बताएका छन् । ‘भित्र हेर्दा भैरवको मूर्ति नै थिएन,’ स्थानीय विजय पोखरेलले भने । सो मूर्ति दसैंको सप्तमीको दिन औपचारिक रूपमा स्थापना गरिएको थियो । यता स्थानीयले मूर्ति खोजिदिन इलाका प्रहरी कार्यालय बर्दिबासमा मौखिक उजुरी दिएका छन् । मौखिक उजुरीपछि प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

शक्तिशाली सरकारलाई फेसबुक, एक्सले टेरेनन्ः चार वटा मात्रै सूचिकृत

सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हि…

प्रतिक्रिया