अब युट्युबमा डिस्लाइक संख्या हेर्न नमिल्ने
काठमाडौँ- प्रयोगकर्ताको व्यापक गुनासो पश्चात युट्युबले अब डिसलाइक संख्या हेर्न नमिल्ने बनाउने भएको छ । अब युट्युवले भिडिओमा हुने गरेको डिसलाइक संख्यालाई लुकाउने भएको हो । मन नपरेको भिडियोलाई डिसलाइक गर्ने र यसले गर्दा क्रियटरलाई नकारात्मक असर गरेको भन्दै ‘डिसलाइक अट्याक’ ह्यारेसमेन्ट रोक्ने उद्देश्यले युट्युबले यो कदम चालेको जनाएको छ । अब डिसलाइक बटन देखिएतापनि कति संख्यामा डिसलाइक भएको छ भने अरूले हेर्न नमिल्ने भएको छ ।
युट्युबले एक सर्वेक्षण गरेको थियो जसमा केही प्रयोगकर्ताले लाइक र डिसलाइकको संख्या हेर्ने गरेको र यसको संख्या हेरेर भिडियोलाई लाइक तथा डिसलाइक गर्ने गरेको देखिएको जनाएको छ ।
एक ब्लग लेख्दै युट्युवले भिडिओलाई मन नपराउनेको संख्या देखिँदा कन्टेन्ट क्रिएटर एवं भिडिओसँग सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठा, सुरक्षा लगायतका कुरामा प्रभाव परेको भन्दै यस कदम चालेको जनाएको छ ।
डिसलाइक बढी देखिदा कन्टेन्ट क्रियटरको मानसिक स्वास्थ्यमा अधिक प्रभाव पर्ने गरेको हालैको युट्युवको सर्वेक्षणले समेत देखाएको छ ।
युट्युबमा डिसलाइक बटन भने नहटाउने र भिडिओ मन नपरेको जनाउन भने सकिने छ । भिडियोमा आएको डिसलाइक संख्या भने क्रियटरले हेर्न सक्नेछन् ।

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया