प्रदेश २ मा दाहाल-नेपाल समूह बलियो

जनकपुरधाम : नेकपा विवादका कारण प्रतिनिधि सभा विघटन भएपछि प्रदेशमा पनि जोडघटाउ सुरु हुन थालेको छ । नेकपा भित्र प्रधानमन्त्री केपी शर्मा ओली समूह र अध्यक्ष पुष्पकमल दाहाल तथा नेता माधव नेपाल समूहबीच जोडघटाउ सुरु भएको हो ।
यहाँ ओली समूहभन्दा दाहाल-नेपाल समूह बलियो देखिएको छ । प्रदेश २ मा ओली समूह प्रदेश सभा, केन्द्रीय समिति, स्थायी समिति र संघीय सांसदमा समेत कमजोर छ । प्रदेश सभामा नेकपाका ३२ जना सदस्य मध्ये ११ जना तत्कालीन माओवादी केन्द्रका रहेका छन् भने नेपाल समूहका ९ वटागरी दाहाल-नेपाल समूहमा २० र ओली समूहका १२ जना मात्र छन् ।
प्रदेश सभा सदस्य शत्रुध्न महतोले भने, ‘प्रदेश २ मा हामी मजबूत स्थितिमा छौं, तात्कालीन माओवादी केन्द्रका ११ र नेपाल समूहका ९ जनागरी २० जना प्रदेश सभा सदस्य छौं ।’
नेकपा प्रदेश २ का प्रदेशसभा सदस्य दिलिप साहले प्रतिनिधिसभा विघटन गरेर जनतालाई धोखा दिएको भन्दै आक्रोश व्यक्त गरेका छन । उनले प्रम ओलीले लोकतन्त्र, संघीयता, गणतन्त्र र जनमतको अपमान गरेको आरोप लगाए ।
उता नेकपा प्रदेश २ संसदीय दलका नेता सत्यनारायण मण्डल ओलीको विश्वास पात्र मानिन्छन् । उनी प्रधानमन्त्री ओली पक्षमा उभिएका छन् । प्रदेशमा स्थायी समिति रघुवीर महासेठ, मातृका यादव, गिरिराजमणि पोखरेल र सत्यनारायण मण्डल सहितका सदस्य ४ जना छन । जसमध्ये सत्यनारायण मण्डल बाहेक सबै दाहाल-नेपाल समूहकै हुन् ।
त्यस्तै ७० जना केन्द्रीय सदस्य मध्ये ६०/४० को भागवण्डाको हिसाबले २८ जना दाहाल गुटका करीब २० जना नेपाल समूहका गरी ५० जनाभन्दा बढी दाहाल नेपाल समूहका रहेका छन् । दाहाल समूह खुलेर आए पनि नेपाल समूहका केन्द्रीय सदस्यहरू प्रत्यक्ष रुपमा खुल्न चाहिरहेका छैनन् ।
नेकपा प्रदेश २ संयोजक प्रभु साहले ओली समूहभन्दा दाहाल नेपाल समूह मजबूत रहेको बताए ।
अहिले सबै केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र प्रदेश सभा सदस्यहरू काठमाडौ गएका छन । दाहाल नेपाल समूहका नेताले भने प्रतिनिधि सभा विघटनकोविरुद्धमा प्रदर्शन गर्दै आएका छन् ।
याे पनि :
धरापमा गण्डकी सरकार, साना पार्टी ‘पर्ख र हेर’को अवस्थामा
सुदूरपश्चिम सभामा दाहाल-नेपाल समूहसँग सुविधाजनक बहुमत
‘प्रदेशले आफ्नै विवेक प्रयोग गर्नुपर्छ’
प्रदेश १ मा दाहाल–नेपाल समुहको बहुमत

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

प्रतिक्रिया