कनेक्टीङ फ्लाइटको टिकट पनि नेपाल एयरलाइन्सबाटै

काठमाडौँ– नेपाल एयरलाइन्सबाटै टिकट किनेर विभिन्न गन्तव्यमा जान सकिने भएको छ । नेपाल एयरलाइन्स र विभिन्न विमान कम्पनीहरूमा यात्रु र लगेज हस्तान्तरण हुनेगरी स्पेशर प्रोरेट एग्रीमेन्ट (एसपीए) सम्पन्न गरेको हो ।
यो सम्झौताबाट युरोपका विभिन्न सहर, अष्ट्रेलियाको सिड्नी, दक्षिण कोरिया सिउल, कुवेत र बहराइनमा उडान गर्न सकिने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए ।
नेपाल एयरलाइन्सले थाइ एयरवेज, अल निप्पोन एयरवेज, कुवेत र इमिरेट्स एयरलाइन्ससँग यस्तो सम्झौता गरेको हो । नेपाल एयरलाइन्सबाट तेश्रो मुलुकको गन्तव्यमा जाँदा ट्रान्जिटबाट स्वतः सम्बन्धित एयरलाइन्समा यथानुपातमा यात्रु र लगेज ट्रान्सफर हुने निगमले जनाएको छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया