अक्षयकुमार र रोहित सेठ्ठीमाथि पैसाको वर्षा, ‘सूर्यवंशी’का लागि नेटफ्लिक्सले तिर्यो सय करोड

मुम्बई- ‘सूर्यवंशी’ले बक्स अफिसमा पैसा छापिरहेको छ । गत शुक्रबार रिलिज भएको फिल्मले बुधबारसम्ममा १ अर्ब १२ करोड कमाइ गरेको छ र बलिउडका व्यापार विश्लेषकले ५० प्रतिशत अकुपेन्सीको नियमका बावजुद फिल्मले गरेको यो कमाइलाई ऐतिहासिक भन्दै प्रशंसा गरिरहेका छन् ।
आइतबारपछिका विक डेजमा पनि थामिने नाम नलिएको फिल्मले नेटफ्लिक्ससँग आकर्षक सम्झौता गरेको समाचार आएका छन् । बलिउड हंगामाले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारअनुसार नेटफ्लिक्सले यो फिल्म सय करोडमा किनेको छ ।
फिल्म डिसेम्बर ४ मा नेटफ्लिक्समा सार्वजनिक हुने पनि समाचारमा उल्लेख छ । हलमा अघिल्लो हप्ता सार्वजनिक हुनुअघि यो फिल्मलाई नेटफ्लिक्सले १ अर्ब ५० करोड दिएको चर्चा थियो । तर निर्देशक रोहित सेठ्ठी र अक्षयकुमारले हलमा रिलिज गर्ने अडान नछाडेपछि सम्झौता टुंगोमा पुग्न सकेको थिएन । तर हलमा रिलिज भएको चार हप्तापछि नेटफ्लिक्समा आउने गरी दुवैबीच सम्झौता भएको हो ।
अक्षयकुमार, कट्रिना कैफ र ज्याकी श्राफको मुख्य भूमिका रहेको फिल्ममा अजय देवगन र रनवीर सिंह अतिथि भूमिकामा देखिएका छन् । सय करोड क्लबमा प्रवेश गरेसँगै अक्षयकुमार र रोहित सेठ्ठी दुवैले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेका छन् ।
सय करोड कमाउने रोहित सेठ्ठी निर्देशित यो नवौँ फिल्म हो भने अक्षयकुमारको पन्ध्रौँ । हिरोमा अक्षयकुमार र निर्देशकमा रोहित सेठ्ठी सय करोड क्लबमा कीर्तिमान राख्न सफल हस्ती हुन् । १ सय २० फिल्म गरेका अक्षयकुमारको यो फिल्मलाई उनको करिअरको ५५ औँ हिट फिल्म मानिएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया