कवि अदिप्त प्रकाशको 'संवेदनाको विज्ञप्ति' लोकार्पण

काठमाडौँ - कवि अदिप्त प्रकाशद्वारा लिखित कविता सङ्ग्रह 'संवेदनाको विज्ञप्ति' लोकार्पण भएको छ । काठमाडौँको थलीमा बुधबार कवि तथा प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवालीले उक्त कृतिको लोकार्पण गरेका हुन् ।
लोकार्पण कार्यक्रममा बाेल्दै प्राध्यापक ज्ञवालीले थलीलाई काँठ होइन साहित्यको केन्द्र बन्ने छाँटकाँट रहेकाे भनेर प्रशंसा गरेका थिए । कार्यक्रममा थुप्रै वक्ताले कविको रचना वाचन गरेर कार्यक्रमलाई मन्त्रमुग्ध पारेका थिए ।
लोकार्पित कृतिबारे कवि प्रकाश लम्घालीले समीक्षा र टिप्पणी गरेका थिए । 'संवेदनाको विज्ञप्ति'का श्रष्टा अदिप्त प्रकाशले आफ्नो साहित्यिक यात्रा, कृति रचना अनुभूति पस्कदै सहभागीप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया