इन्धनकाे मूल्यवृद्धिको विरोधमा बुटवलमा चक्काजाम

बुटवल- पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीहरूले चक्काजाम गरेका छन् । बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्गको मिलनचोकमा विद्यार्थीहरूले प्रदर्शन गर्दै चक्काजाम गरेका हुन् ।
नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुनेगरी इन्धनको मूल्य बढाएपछि विद्यार्थीहरू बिहीबार बिहानैदेखि सडकमा ओर्लिएका हुन् ।
अनेरास्ववियुको नेतृत्वमा विद्यार्थीहरूले इन्धनको मूल्यवृद्धिको विरोधमा आन्दोलन थालेका हुन् । मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलनलाई जारी राखिने अनेरास्ववियु रुपन्देहीका सचिव प्रकाश पराजुलीले जानकारी दिए ।
सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया