सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी

काठमाडौँ - सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर सर्वोच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ ।
सोही क्रममा बिहीबार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । आन्दोनरत कानुन व्यवसायी सर्वोच्च अदालततर्फ अघि बढेपछि रोक्न खोज्दा प्रहरी र अधिवक्ताबीच घम्साघम्सी परेको हो ।
कार्यपालिकासँग भागबण्डा खोजेकोलगायतको आरोप लगाउँदै सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा उत्रिएका हुन् ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया