बारलाई चुनौती दिँदै प्रधानन्यायाधीशले तोके आफूसहित ९ इजलास

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सोमबारका लागि ९ वटा इजलास गठन गरेका छन् । नेपाल बार एसोसिएसनले न्यायपरिषद्का सदस्यलाई पत्र लेख्दै प्रधाननन्यायाधीश राणाले बोलाएको बैठकमा नजान आग्रह गरे पनि ९ वटा इजलास गठन गरेका हुन् ।
न्यायाधीश दीपकुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा २६, मीरा खडका र तेजबहादुर केसीकोमा २८, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाकोमा ३४, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीकोमा २६ मुद्दाको पेसी तोकेका छन् ।
त्यस्तै विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा २, वमकुमार श्रेष्ठ र कुमार रेग्मीकोमा २७, प्रकाशकुमार ढुंगाना र कुमार चुडालको इजलासमा २४ र नहकुल सुवेदीको एकल इजलासमा ४ वटा मुद्दाको पेसी तोकेका छन् ।
जबरजस्ती करणी, ठगी, लागूऔषध खैरो हिरोइन, डाका, कर्तव्य ज्यान, चोरी शिकारी, मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक, वैदेशिक रोजगार, भ्रष्टाचारलगायतका मुद्दाको पेसी तोकिएको छ ।
जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै नेपाल बार एसोसिएशनले आन्दोलन गरिरहेको छ । जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले आज सर्वोच्च अदालतसहित काठमाडौँ उपत्यकामा रहेका विशेष, उच्च र जिल्ला अदालतसँगै न्यायाधिकरणमा पनि धर्ना दिँदैछ ।
बारले यसअघि सर्वोच्च अदालत परिसरमा प्रदर्शन र धर्ना दिँदै आएको छ । प्रधानन्यायाधीशको आचरणलाई लिएर सर्वोच्चकै न्यायाधीश पनि राजीनामा माग गरिरहेका छन् । कानुन व्यवसायीले आज ‘बन्दी प्रत्यक्षीकरण’ बाहेकका निवेदनमा सुनुवाइ नगर्न माग गरेका छन् ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया