सर्वोच्चसहित उपत्यकाका अदालतमा नेपाल बारको धर्ना

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आज बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिएको छ ।
जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले आज सर्वोच्च अदालतसहित काठमाडौं उपत्यकामा रहेका विशेष, उच्च र जिल्ला अदालसँगै न्यायाधिकरणमा पनि धर्ना दिँदैछ ।
बिहान १० बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर अदालत र न्यायाधिकरणमा धर्ना दिइने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।
बारले यसअघि सर्वोच्च अदालत परिसरमा प्रदर्शन र धर्ना दिँदै आएको थियो । प्रधानन्यायाधीशको आचरणलाई लिएर सर्वोच्चकै न्यायाधीश पनि राजीनामा माग गरिरहेका छन् ।
कानुन व्यवसायीले आज ‘बन्दी प्रत्यक्षीकरण’ बाहेकका निवेदनमा सुनुवाइ नगर्न माग गरेका छन् ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया