सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

सत्य विवरण दिएर मूल गणनामा सहयोग गर्नूस् : प्रधानमन्त्री देउवा

फाइल तस्बिर

काठमाडौँ- नेपालमा राष्ट्रिय जनगणनाको मूल गणना आजबाट सुरु हुँदैछ । बिहीबार बिहान ९ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय तथ्यांक संकलन कार्यक्रमको सुरुवात हुनेछ । त्यससँगै उपराष्ट्रपति र प्रधानमन्त्रीसहित देशैभर जनगणना सुरु गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए। 

प्रधानमन्त्री शेरबहादुर देउवाले सही विवरण उपलब्ध गराएर सहयोग गर्न आग्रह गरेका छन् । 'देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाको आधार स्तम्भको रुपमा रहेको राष्ट्रिय जनगणना, २०७८ आजबाट सुरु हुँदैछ' प्रधानमन्त्री देउवाले भने 'सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछु ।'