पल-पूजाको‘म यस्तो गीत गाउँछु २’ माघ १९ मा रिलिज

काठमाडौँ- महामारीका कारण मुखैमा आएर प्रदर्शन रोक्न बाध्य भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ले अन्ततः दोस्रो प्रदर्शन मिति तय गरेको छ । इकागजलाई प्राप्त सूचनाअनुसार यो फिल्म अब माघ १९ मा रिलिज हुनेछ ।
डेढ वर्षअघि महामारीले हल बन्द गर्न बाध्य गर्नुअघि यो फिल्म फागुन ३० मा प्रदर्शन हुन ठिक्क परेको थियो । तर चिनबाट फैलिएको महामारी नेपालसम्म आइपुग्ने आशंकासहित नेपाल भिडभाड नगर्न सूचना जारी गरेसँगै यो फिल्म दर्शकसम्म जान रोकिएको थियो । सरकारले चैत ९ बाट लकडाउन गरेको थियो ।
ीतहारमा रिलिज भएको बलिउड फिल्म दर्शक हलमा आउने आत्मविश्वास दिलाएसँगै यो फिल्मले पनि दर्शकमाझ जाने निर्णय गरेको हो । तर यो फिल्म वितरण गरिएका रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले माघमा रिलिज गर्ने निर्माता तथा निर्देशक सुदर्शन थापा मोटामोटी छलफल भएको भए पनि मिति नै टुंगो गरिनसकेको बताए । उनले बुधबार निर्देशक सुदर्शन थापासँग भेटघाट गरेको फोटो सामाजिक सञ्जालमा राखेका छन् । उनले यही भेटमा फिल्म रिलिज गर्ने विषयमा नै छलफल गरेको भने पुष्टि गरे ।
‘माघमा गर्ने कि भन्या हो । तर ठ्याक्कै यही भन्ने छैन,’उनले इकागजसँगको कुराकानीमा भने । तर इकागजलाई प्राप्त सूचनाअनुसार फिल्म माघ १९ मा रिलिज गर्ने मोटामोटी सहमति छ । माघ १९ गते ल्होसारको विदा पर्छ । तर यो बुधबार पार्छ । कथंकदाचित बुधबार रिलिज गर्न नमिले यो फिल्म शुक्रबार रिलिज गर्ने पनि वितरक र निर्माताबीच सहमति बनेको छ ।
निर्देशक सुदर्शन थापा र वितरक करण श्रेष्ठ
बनेको लामो समय भएबाहेक यो फिल्मको मुख्य अभिनेता पल शाहका कारण पनि रिलिज गर्न निर्मातालाई दबाब बढ्दै गएको थियो । पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धलाई लिएर केही सञ्चारमाध्यमले समाचार लेखे÷बजाएपछि आउँदा दिनमा यो सम्बन्धलाई लिएर थप समाचार आउने र पलको इमेजमा धक्का पुग्ने निर्मातामा आशंका बढ्दै गएको थियो ।
फिल्ममा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ । फिल्मको निर्माता भने सुदर्शन थापा र पूजा शर्मा हुन् । पहिले नै सार्वजनिक भइसकेका यो फिल्मका गीत रुचाइएका थिए । फिल्ममा संगीत अर्जुन पोखरेलले दिएका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया