नेपाली हिप्पीलाई पाउलो कोएलोको सन्देश

काठमाडौं । विश्वप्रसिद्ध ब्राजिलियन लेखक पाउलो कोएलोले आफ्नो कृति हिप्पीका नेपाली पाठकलाई भिडियो सन्देश पठाएका छन् । हिप्पीको नेपाली अनुवाद सार्वजनिक भएको सन्दर्भमा उनले उक्त सन्देश पठाएका हुन् ।
पाउलोले भिडियोको सुरुवातमा भनेका छन्, ‘यो दृश्यसामग्री नेपाली साथीहरूका लागि हो । म र मेरा कृतिलाई माया गरिदिएकामा तपाईंहरूलाई धेरैधेरै धन्यवाद ।’ पाउलोलाई अति मन पराउने लेखक बुद्धिसागरलाई समेत उनले सम्झिएका छन् ।
विश्वविख्यात लेखक पाउलोको पुस्तक अंग्रेजीमा पढ्न नसक्नेहरूका लागि हिप्पीको यो अनुवाद उपयोगी हुने लेखक बुद्धिसागरले बताए । ‘अन्तर्राष्ट्रिय पुस्तक आफ्नै भाषामा पढ्न पाउनु नेपाली पाठकका लागि खुसीको विषय हो,’ उनले भने ।
हिप्पीको नेपाली संस्करण फाइनप्रिन्टले प्रकाशन गरेको हो । जीवनको गहिरो अर्थ खोज्न यात्रामा निस्किएको पाउलो नाम गरेका ब्राजिलियन केटाको कथा हो— हिप्पी । बोके दारी र लामो दारी पालेको पाउलोले याम्स्टड्र्याममा कार्ला नामकी डच युवतीलाई भेट्छन्, जो हिप्पी टे«ल पछ्याउँदै काठमाडौं जानका लागि साथी खोजिरहेकी हुन्छन् । उनीसँगै पाउलो काठमाडौंका लागि हिँड्छन्, म्याजिक बस चढेर ।
अनि सुरु हुन्छ, उनीहरूको जीवन परिर्वतन गर्ने प्रेमकथा । हिप्पीको नेपाली अनुवाद लेखक सुरेश बडालले गरेका हुन् । विश्वव्यापी रूपमा ६ करोड ५० लाख प्रति बिक्री भएको र ८० भन्दा बढी भाषामा अनूदित भएको द अल्केमिस्टका लेखक हुन्, कोएलो ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया