बक्राह खोलामा पौडी खेल्न गएका दाजु मृत फेला, भाइ बेपत्ता

विराटनगर – मोरङमा छठ पर्व मनाउन मामा घरमा आएका दुई जना युवालाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । रंगेली नगरपालिका–७ बक्राह खोलामा नुहाउन गएका दुई जना मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका- ६ भन्सार टोलका सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटुकुमार साह र १८ वर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
प्रहरी र स्थानीयले बिटुकुमारलाई उद्धार गरी उपचारका लागि रंगेली अस्पताल लगेका थिए । अस्पतालमा पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए । बेपत्ता अर्का युवाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनीहरू दाजुभाइ रहेको प्रहरीले जनाएको छ ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया