लुम्बिनी र कर्णालीमा सवारी दुर्घटनामा परी ६ दिनभित्र ३० जनाको मुत्यु

दाङ - लुम्बिनी र कर्णाली प्रदेशमा तिहारलगत्तै ठूला दुर्घटना भए । यी दुई प्रदेशमा ७० वटा दुर्घटना हुँदा ३० जनाको ज्यान गएको छ । कर्णाली प्रदेशमा २२ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा आठ जनाको मुत्यु भएको छ ।
१५ देखि २१ कात्तिकसम्म भएका सवारी दुर्घटनामा परी ३० जनाले ज्यान गुमाएका हुन् । लुम्बिनी प्रदेशको तुलनामा कर्णाली प्रदेशमा सवारी दुर्घटना कम भए पनि मानवीय क्षति बढी भएको छ । कर्णाली प्रदेशमा तिहारको अवधिमा २६ वटा सवारी दुर्घटनामा २२ जनाको मृत्यु भएको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार कर्णाली प्रदेशको सबैभन्दा बढी सल्यानमा मानवीय क्षति भएको छ ।
सल्यानमा तिहारको समयमा १३ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । एक साताको अवधिमा सल्यानमा तीन वटा सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । सल्यानमा दुर्घटना हुने सवारीको संख्या कम भए पनि मानवीय क्षति बढी भएको हो ।
तिहारको समयमा कर्णाली प्रदेशको सल्यानपछि जाजरकोटमा सवारी दुर्घटनामा बढी मानवीय क्षति भएको छ । जाजरकोटमा एक साताको अवधिमा दुईवटा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, सुर्खेतमा १६ वटा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । एक साताको अवधिमा सुर्खेतमा साना-ठूला १६ वटा सवारी साधन दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सुर्खेतमा तिहारको अवधिमा सवारी दुर्घटनामा ३६ जना घाइते भएका छन् ।
यस्तै, सल्यानमा २९, जाजरकोटमा नौ जना घाइते भएका छन् । मुगुमा तीनवटा सवारी दुर्घटनामा पाँच, दैलेख र रुकुम पश्चिममा एक(एकवटा सवारी दुर्घटनामा एक, एक जना घाइते भएका छन् । यस्तै, लुम्बिनी प्रदेशका अर्घाखाँची र पाल्पाबाहेक सबै जिल्लामा सवारी दुर्घटना भएका छन् । प्रदेशको राजधानी दाङसहित बाँके, बर्दिया, गुल्मी, रोल्पा, पश्चिम नवलपरासी, प्युठान, पूर्वी रुकुम, कपिलवस्तु र रूपन्देहीमा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशका रूपन्देही र दाङमा मानवीय क्षति बढी भएको छ । रूपन्देहीमा तिहारको अवधिमा पाँचवटा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने दाङमा पाँचवटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
यस्तै, बर्दियामा पनि पाँचवटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुमा पाँचवटा सवारी दुर्घटनामा एक, नवलपरासी पश्चिममा नौवटा सवारी दुर्घटनामा एक, कपिलवस्तुमा पाँचवटा सवारी दुर्घटनामा एक र गुल्मीमा चारवटा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशमा सात दिनको अवधिमा ४४ वटा सवारी दुर्घटनामा परेका छन् । प्रदेशका दाङसहित १० वटा जिल्लामा भएका सवारी दुर्घटनामा ३७ जना गम्भीर घाइते भएका छन् भने २३ जना सामान्य घाइते छन् ।
साँघुरो सडक, सवारीको चाप, चालकको लापरबाही, पुराना सवारी साधनलगायतका कारण सवारी दुर्घटना बढी भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (एसपी) योगेन्द्रसिंह थापाले बताए । ‘चाडपर्वको समयमा यात्रुको चाप बढी हुने र तीव्र गतिमा सवारी चलाउँदा बढी दुर्घटना हुने गरेका छन्’, उनले भने, ‘सडक र सवारी साधनको कारण यात्रा बढी असुरक्षित हुने गरेको छ ।’

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

प्रतिक्रिया