न्यायालयको विवाद समाधान नभए संसद्मा लानुपर्छ : देव गुरुङ
काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले न्यायालयको समस्या अदालत आफैंले समाधान गर्न नसके संसदमा लानुपर्ने बताएका छन् । विवाद समाधानका लागि मार्गप्रशस्त गरेर भए पनि समाधान खोज्नुपर्ने र अदालतले नसकेमा संसदमा लानुपर्ने उनको भनाइ छ ।
‘नेपालको संविधानले शक्ति पृथकीकरणको सिद्धान्तलाई अंगीकार गरेको छ । न्यायापालिका स्वायत्त अंग भएकोले अदालतभित्रैबाट यसको समस्याको समाधान गर्नुपर्छ । मार्गप्रशस्त वा के गर्ने त्यहीँबाट हुनुपर्छ,’ माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतकसमेत रहेका उनले भने, ‘अदालतले विवाद समाधान गर्न नसके संसदमा लगेर भए पनि विवाद समाधान गर्नुपर्छ ।’
काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा बोल्दै गुरुङले कार्यपालिकाभित्रको समस्या कार्यपालिकाले र व्यवस्थापिकाभित्रको समस्या व्यवस्थापिकाले नै समस्या हल गर्नुपर्ने भन्दै त्यसैअन्तर्गत न्यायालपालिकाभित्रको समस्या न्यायालयले नै हल गर्नुपर्ने तर न्यायपालिकाले नसके व्यवस्थापिकाले समाधान गर्नसक्ने धारणा राखे ।

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’

नेकपा एसको निष्कर्षः प्रतिशोधका आधारमा फसाउन खोज्यो

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

प्रतिक्रिया