मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

पिलो निचोरेर फाल्दैमा तौल घट्दैन : ओली

फाइल तस्वीर

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पिलो निचोरेर फाल्दैमा तौल नघट्ने टिप्पणी गरेका छन् । आफू निकटका केन्द्रीय सदस्यहरूलाई बालुवाटारमा सम्बोधनका क्रममा इतर समूहलाई इङ्गित गर्दै ओलीले यस्तो बताएका हुन् । जनगायक जीवन शर्माको गीतबाट सम्बोधन सुरु गरेका ओलीले अहिले सम्बोधन गरिरहेका छन् । 

आजै ओली समूहको बैठकले महाधिवेशन आयोजक समिति घोषणा गरेको छ । बालुवाटारमा बसेको बैठकले ५५६ नयाँ सदस्य थप गरेको छ ।

ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय घोषणा गरेका हुन् । जसमा १९७ जनापछि थप गर्ने बताइएको छ ।