एमालेले डिजिटल माध्यमबाट महाधिवेशन प्रचार प्रसार गर्ने
प्रत्येक सदस्यबाट कम्तीमा एक सय रूपैयाँ संकलन गरिने
काठमाडौँ – नेकपा एमालेले पार्टीको १० औं महाधिवेशनमा पोस्टर, पम्पलेटको प्रयोग नगर्ने भएको छ । बुधबार ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनको प्रचार प्रसार डिजिटल माध्यमबाट गर्ने निर्णय गरेको हो ।
महाधिवेशनको उद्घाटन मंसिर १० गते मध्यान्ह १२ बजे चितवनको नारायणी नदी किनारमा अध्यक्ष केपी ओलीले गर्ने र बन्द सत्र सौराहामा हुने कार्यसूची छ । उद्घाटन सत्रमा चितवन र आसपासका जिल्लाबाट ५ लाख जनपरिचालन गर्ने योजना रहेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । यसअघि कात्तिक २७ गते प्रतिनिधिको निर्वाचन गरेर १९ सय ९९ प्रतिनिधि छनौट गर्ने र ३० गतेभित्र प्रतिनिधिको नाम केन्द्रीय कार्यालयमा उपलव्ध गराउने उनले बताए ।
महाविधेशनअन्तर्गत १० गते हुने उद्घाटन सत्रपछि ११ गते नै निर्वाचन प्रक्रिया सुरु हुने तथा १२ गते निर्वाचनका लागि मतपरिणाम आउने सचिव भट्टराईले जानकारी दिए । बैठकले महाविधेशनका लागि प्रत्येक सदस्यबाट कम्तीमा एक सय रूपैयाँ संकलन गर्ने निर्णय गरेको भट्टराईले बताए ।
हाल पार्टीमा ७ लाख ३० हजार सदस्य रहेको र महाधिवेशनको खर्चका लागि खोलिएको खातामा सात करोडभन्दा बढी जम्मा हुने आकलन गरिएको छ । बैठकमा महाधिवेशन उपसमितिहरूले पेश गरेका कार्ययोजनासहितको प्रतिवेदन पारित गरेको भट्टराईले जानकारी दिए ।
आज संघीय संसद्का दुवै बैठक बस्दै

मधेसी केन्द्रित मोर्चाको बैठक बस्दै, उपनिर्वाचनमा साझा उम्मेदवार खोजिने

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

प्रतिक्रिया