सोलुखुम्बुमा रक्तदान कार्यक्रम हुँदै

काठमाडौँ – हिमाली जिल्ला सोलुखुम्बुमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको हो । दुर्गम क्षेत्रका जनतालाई रक्तदानसम्बन्धी चेतना जगाउन ब्लड डोनेसन क्याम्पको आयोजना गर्न लागेको आयोजक संस्थाले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
विश्वमै अहिलेसम्मको सबैभन्दा उच्च स्थान सोलुखुम्बु जिल्लामा रक्तदान कार्यक्रम हुन लागेको आयोजक संस्थाको दाबी छ । उक्त कार्यक्रममा करिब १ सय पिन्ट रगत संकलन गर्ने उद्देश्य रहेको जनाइएको छ । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलका चार्टर अध्यक्ष अनिलरत्न तुलाधारले अस्पतालमा रगतको कमी हुन नदिन ब्लड डोनेसन टिम बनाएको बताए ।

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

प्रतिक्रिया