पश्चिम रूकुममा विद्यालयलाई जापानको सहयोग

काठमाडौँ– जापानी दूतावासले श्री आधारभूत विद्यालय नाखिरा, रूकुम पश्चिममा विद्यालय निर्माणका लागि अनुदान सहयोग दिने भएको छ । नेपालस्थित जापानी राजदूतावासका सार्ज डे अफेयर्स योशिओका युजो र विद्यालयका प्रधानाध्यापक रुद्रलाल जैसीले जापान सरकारको अनुदान एक करोड सात लाख रुपैयाँ परिचालन गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।
पाँच कक्षाकोठामा आधारभूत शिक्षाको गुणस्तर सुधारका लागि यो सहयोग परिचालन हुने बताइएको छ । अहिले उक्त विद्यालयमा कक्षाकोठा रुग्ण भएका कारण पठनपाठन क्रियाकलाप प्रभावकारी हुन सकेको छैन । यो विद्यालय सन् १९७५ मा स्थापना भएको हो र यहाँ चार सय विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।
छानोबाट पानी चुहीने तथा कक्षाकोठा रहेको भवन समेत असुरक्षित भएपछि आधाजसो विद्यार्थी विद्यालय प्रांगणको खुला चौरमा पढ्न बाध्य छन् । तर वर्षायाममा पठनपाठनका कार्यक्रम चलाउन चुनौतीपूर्ण रहेको छ ।
यो सहयोगले विद्यालयमा पठनपाठनको वातावरण सुधार भइ विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्ने दूतावासले जनाएको छ ।

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

प्रतिक्रिया