विराटनगरका मेयर पराजुली १८औं पटक दण्ड प्रणायाममा

विराटनगर - छठ पर्वका अवसरमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १८औं पटकको दण्डप्रणायाम शुरु गरेका छन् । मेयर पराजुले विराटनगर-३ ठूलोमिल चोकस्थित शिव पाञ्चायान मन्दिरदेखि विराटनगर-१ सिंघीया खोला परोपकार घाटसम्मको साढे ३ किलोमिटरको दुरीमा घिस्रिएर दण्ड प्रणायाम गरिरहेका छन् । कोभिड १९ को महामारीका कारण गतबर्ष भने उनले दण्ड प्रणायाम गर्न सकेका थिएनन् ।
हिजो मंगलबार विधिपुर्वक खर्ना सकेर मेयर पराजुलीले आजदेखि निराहार छठ माताको ब्रत बसिरहेका छन् । ब्रतकै क्रममा उनले विगतदेखि नै दण्ड प्रणायाम गर्दै आएका छन् । दण्ड प्रणायाम सम्पन्न गर्न उनलाई करीव ५ घण्टाको समय लाग्नेछ ।
यस पटक आफुले विश्व शान्ती, लोककल्याण र कोभिड १९ को महामारीबाट मानिसहरुलाई मुक्तिको कामना गर्दै दण्ड प्रणायाम गरेको मेयर पराजुलीले बताए । मेयर पराजुलीलाई उनका भतिजा प्रमिश पराजुलीले पनि ६ बर्षदेखि साथ दिंदै आएका छन् ।

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

प्रतिक्रिया