शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

छठ पर्वले सामाजिक एवं सांस्कृतिक एकता सुमधुर बनाउन प्रेरणा मिलोस्: मुख्यमन्त्री भट्ट

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छठ पर्वले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा उनले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहीनीहरूमा सुख, शान्ति, समृद्धि एवं सु–स्वास्थ्यको कामनासहित शुभकामना व्यक्त गरेका हुन् । 

साथै उनले कोभिड–१९ कारण सहजरूपमा चाडपर्व मनाउने अवस्था नरहेको परिस्थितिमा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइ सावधानीका साथ छठ पर्व मनाउन अनुरोध गरेका छन् ।