कामना सेवा विकास बैंकले सेयरधनीलाई १९.४७ प्रतिशत लाभांश दिने

काठमाडौँ- कामना सेवा विकास बैंकको सञ्चालक समितिले सेयरधनीलाई १९.४७ प्रतिशत लाभांश दिन गरेको प्रस्ताव १५ औं वार्षिक साधारणसभाले पारित गरेको छ । बैंक सञ्चालक समितिले हाल कायम चुक्तापूँजीको १८.५० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.९७ प्रतिशत समेतगरी कूल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव साधारण सभामा पेश गरेको थियो ।
साधारणसभामा बैंकको चुक्तापूँजीको झण्डै ५४.७४ प्रतिशतभन्दा बढी सेयरधनीको प्रतिनिधित्व हुनेगरी २५० जना सेयरधनीहरूको भौतिक उपस्थिति रहेको बैंकले जानकारी दिएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरूलाई पारित गरेको हो । बैंकले आ.व. २०७८/०७९ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक पीकेएफ टिआर उपाध्याय एण्ड कम्पनीलाई नियुक्त गरेको छ ।
साधारणसभाबाट संस्थापक समूहबाट सुदीप आचार्य, भीमप्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधारण समूहतर्फबाट देवकृष्ण काफ्ले, विश्वेश्वर सुवेदी र बलराम बराल निर्विरोध निर्वाचित भएका छन् । आजै बसेको सञ्चालक समिति बैठकले सुदीप आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_fJ1f0q6R7j_bz2r3kq1p0ln8c28chp1hksxsepawq6c9qxnlfe4waoppochsamcwphyrvya.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

प्रतिक्रिया