युवक हत्या प्रकरण: पाँच जना प्रहरीको नियन्त्रणमा

कैलाली - गएराति करिब ९ बजेतिर कैलालीमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको घटनामा प्रहरीले केही ब्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले लम्कीचुहा नगरपालिका १ बस्ने भुपेन्द्र बडुवालको मंगलबार राति करिब ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको बताउदै शंकास्पद केही ब्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेको जानकारी दिए ।
टीकापुरस्थित कृषि हाट बजार नजिकै दुई समुहबीच झडप हुँदा बडुवाललाई तीन/चार जनाको समूहले चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएको एसपी अधिकारीले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको एसपी अधिकारीले बताए । प्रहरीले घटनामा संलग्न आर्यन देवकोटालगायतका पाँच जनालाई नियन्त्रणमा लिएको श्रोतले जानकारी दिएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया