साना किसानले २६ प्रतिशत लाभांश दिने, १२ हजार कित्ता हकप्रद लिलामी

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने भएको छ । सञ्चालक समितिको ३९८औं बैठकले यो निर्णय गरेको हो । पुस २८ मा बस्ने १९औं साधारण सभाले १.३१५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ ।
लाभांश वितरणपछि लघुवित्तको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । हाल यसको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ ।
१३औं साधारणसभाले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको १२ हजार चार सय ४२ कित्ता सेयर लिलामी गर्ने भएको छ । गत असार ३१ मा धितोपत्र बोर्डले लिलाम गरी बिक्री गर्न निर्देशन दिएको थियो । ३ हजार ३ सय ६८ कित्ता प्रवर्द्धक सेयर र ९ हजार ७४ कित्ता सर्वसाधारण सेयर प्रति कित्ता सय रुपैयाँको दरले लिलाम गर्ने कम्पनीले जानकारी दिएको छ ।

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

प्रतिक्रिया