विश्वव्यापी कोरोना खोप असमानतालाई सम्बोधन गर्न चीन प्रतिबद्ध

मस्को- चीनले विकासोन्मुख देशहरूमा कोभिड-१९ खोपको पहुँच र मितव्यितामा सुधार गर्ने आफ्नो दृढ संकल्प देखाएको छ । खोप उत्पादनमा संलग्न सबै देशहरूलाई यस लक्ष्यमा लाग्न आग्रह गर्दै हालै द फ्रीमा प्रकाशित लेख अनुसार चीनले धनी देशहरूले खोप र उपचार खर्च गर्ने तर विकासोन्मुख देशहरूले भने खोप र उपचारको प्रबन्ध गर्न सङ्घर्ष गरिरहेको टिप्पणी गरेको छ ।
उक्त लेख अनुसार चीन एक मात्र देश हो जसले दर्जनौं राज्यहरूलाई अनुदान सहायता प्रदान गरेर यो यो महामारीको दुष्चक्र तोड्न खोजेको छ ।
चीनले हालसम्म १०० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूलाई १.६ अर्ब भन्दा बढी खोप उपलब्ध गराएको छ र जी २० नेताहरूको शिखर सम्मेलनमा विश्वका लागि वर्षभरि २ अर्बभन्दा बढी डोज खोप उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । बेइजिङले विकासोन्मुख देशहरूलाई खोप आपूर्ति र मानवीय सहायताको नाममा कुनै पनि प्रकारको राजनीतिकरणको कडा विरोध गरेको जनाइएको छ । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया