कैलालीमा चक्कु प्रहारगरी एक युवकको हत्या

कैलाली - गएराति करिब ९ बजेतिर कैलालीमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका १ बस्ने भुपेन्द्र बडुवालको मंगलबार राति करिब ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
उनले घटनास्थलबाट मृतकको मोटरसाइकल र एकथान स्कुटी बरामद गरिएको बताए । प्रहरीले घटनाको अनुसन्धानका लागि केही ब्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेको बताए । घटनास्थलमा फेला परेको स्कुटी चक्कु प्रहार गर्ने ब्यक्तिको हुनसक्ने बताइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया