धनकुटामा एभोकाडो महोत्सव हुँदै

धनकुटा – धनकुटामा मंसिर ४ र ५ गते दोस्रो एभोकाडो महोत्सव हुने भएको छ । आयोजक धनकुटा एभोकाडो कृषक समूहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमबारे जानकारी दिएको छ ।
धनकुटा नगरपालिकाको सहआयोजनामा सम्पन्न हुन लागेको उक्त महोत्सवमा ५० वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । धनकुटा बजारको परिचय मोडस्थित एभोकाडो स्तम्भ भएको स्थानमा हुने उक्त महोत्सवको पहिलो दिन किसान तथा व्यापारीहरूका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन् ।
दोस्रो दिन एभोकाडो स्टलका साथै सरोकारवालाबीच एभोकाडोको प्रवर्द्धनका विषयमा अन्तरक्रिया कार्यक्रम गरिने आयोजक संस्था तथा समूहका अध्यक्ष खेमराज थापाले जानकारी दिए । कार्यक्रममा धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले यो वर्ष एभोकाडो प्रवर्द्धन कार्यक्रमका लागि १ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।
एभोकाडो प्रवर्द्धनको कार्यक्रम अब कृषकहरूले लिनुपर्ने बताउँदै उनले नगरपालिकाले खेती सम्बन्धी आउने समस्याका लागि विज्ञहरूको छुट्टै परामर्श केन्द्र स्थापना गर्न लागेको पनि जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई र धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापाले महोत्सव सफलताको शुभकामना दिएका थिए ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

प्रतिक्रिया