बुटवलमा सात लाख रूपैयाँ बराबरको पटाका नष्ट
बुटवल – रुपन्देहीका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको सात लाख रूपैयाँ बराबरको पटाका मंगलबार नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तिहारको समयमा विभिन्न स्थानबाट नियन्त्रणमा लिएको ६ लाख ८१ हजार ५ सय ७५ रूपैयाँ बराबरको पटाका नष्ट गरेको हो ।
कात्तिक १७ र १८ गते विभिन्न स्थानमा फेला पारेको अवैध पटाका बरामद गरी मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए । प्रहरीले स्थानीयबासी तथा पत्रकारको रोहबरमा पटका नष्ट गरेको हो । रुपन्देही प्रहरीले बुटवल उपमहानगरपालिका–४ अमरपथ, वडा नम्बर ८ सुख्खानगर, लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदह, सिद्धार्थनगर–२ झण्डीबजार, वडा नम्बर १२ कालिकापथ, वडा नम्बर ३ खजहना, सम्मरीमाई गाउँपालिका–३ गुलरिया र मर्चवारी गाउँपालिका–२ अमुवा बजारबाट अवैध पटाका बरामद गरेको थियो ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया