एमाले अध्यक्षमा उठ्ने भीम रावलको घोषणा
'कार्यकर्ताको आवाज कमजोर हुन दिन्नँ'

अछाम – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । मंगलबार आयोजित एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै रावलले एमाले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् । कार्यकर्ताको भावनाअनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उनको भनाइ छ ।
उनले अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । ‘मैले कार्यकर्तालाई आफू कुन पदमा उठ्दा उपयुक्त होला ? भनेर सोधेको थिएँ । उहाँहरूले अध्यक्ष पदमा लड्न आग्रह गरिरहनु भएको छ,’ रावलले भने ।
उनले कार्यकर्ताको आवाजलाई कमजोर हुन नदिने बताएका छन् । नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीका अध्यक्ष ललित कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्कबहादुर कुँवरलगायत सहभागी थिए ।

उपेन्द्र यादवले भने, ‘भुमी सबन्धी बिधेयकको बिरोध रहन्छ'

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन : प्रधानमन्त्री ओली

हिमालदेखि महासागरसम्मको सोच जरुरी : प्रधानमन्त्री ओली

पहिलो पटक राष्ट्रपतिबाट हजयात्रीको बिदाई

कांग्रेस संसदीय दलको बैठक शनिबार

आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं : इजरायली राज…

प्रतिक्रिया