समकक्षीसँग भेटवार्ता : यस क्षेत्रको शान्ति र नेपाल-भारत सैन्य सम्बन्ध मुख्य विषय

काठमाडौँ - भारतकाे औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र उनका भारतीय समकक्षी एम एम नरवणेबीच दुईपक्षीय भेटवार्ता भएकाे छ । नेपाल र भारतको सेनाबीचको सहकार्य र सम्बन्धको बारेमा उनीहरूबीच छलफल भएके हो । भारतीय सेना प्रमुख नरवणेले नै उनलाई साउथ ब्लकमा स्वागत गरेका थिए ।
नयाँ दिल्लीस्थित भारतको सैनिक मुख्यालयमा दुई सैन्य नेतृत्वबीच भएको भेटवार्तामा सैन्य सहकार्य, अभ्यास, आ-आफ्नो मुलुकको सुरक्षा अवस्था, यस क्षेत्रको शान्तिलगायतमा छलफल भएको नयाँदिल्ल स्थित नेपाली दूतावासका अधिकारीले जानकारी दिए । दुई मुलुकबीचको सैन्य सम्बन्ध थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको पनि उनले जानकारी दिए ।
भारतीय सेनाका अनुसार प्रतिरक्षा सहयोग सुदृढ बनाउनेबारे दुवै देशका सेनापतिले कुराकानी गरेका छन् । सेनापति शर्मा र भारतीय सेनापति नरवाणेबीच मायको चिनो साटासाट समेत भयो ।
भारतले प्रधानसेनापति शर्माको भ्रमणलाई निकै महत्व दिँदै यही भ्रमणबाट अन्य राजनीतिक भ्रमणको ढोका खोल्ने तयारीमा भारत छ । शर्माले प्रधानसेनापतिको जिम्मेवारी लिएपछि पहिलो विदेश भ्रमण भारतबाट थालेका हुन् । उनले त्यहाँ भारतीय सेनाको मानार्थ महारथी भारतीय राष्ट्रपति रामनाथ कोबिन्दाबाट लिनेछन् ।
प्रधानसेनापति नियुक्त भएको केही समयमा नै भारतले निम्ता दिएर उनको भ्रमणलाई महत्वमा राखेको हो । उनलाई साउथ ब्लकमा भारतीय सेनाको एक टुकडिले ‘गार्ड अफ अनर’ अर्थात सम्मान गारत अर्पण गरेको थियो । भारतीय सेनाका सेनापति नरवाणेले शर्मालाई साउथ ब्लकमा स्वागत गर्दै त्यस्तो सम्मान गारत दिइएका हो ।
सैनिक प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौड्यालले भारतीय राजनीतिक नेतृत्वसँग प्रधानसेनापति शर्माको भेटका लागि कुरा भइरहेको जानाकारी दिँदै भने भएका भेटघाटमा पनि नेपाल र भारतको सैन्य सम्वन्धका साथै अन्य समग्र पक्षमा पनि छलफल भएको छ । यस क्षेत्रको सैन्य प्रस्पेक्टिभको बारेमा पनि छलफल भएको जानकारी परराष्ट्र अधिकारीले दिए ।
यो भ्रमणले नेपाल र भारतको सम्वन्ध थप उचाईमा लैजाने विश्वास नेपाली सेनाले लिएको पनि प्रवक्ता पौड्यालले बताए । सेनाकै बिमानमा मंगलबार बिहान शर्मा नयाँ दिल्ली प्रस्थान गरेका हुन् । उक्त भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको नेपाली सेनाले जनाएको छ ।
उक्त छलफलपश्चात प्रधान सेनापति शर्मालाई भारतीय सेनाको सुरक्षा अवस्थाबारेमा प्रस्तुतिकरण समेत गरीएको थियो । भारतको नजरमा यो क्षेत्रको सुरक्षा अनि अवस्थाबारेमा जनकारी दिइएको हो । यसभन्दा अगाडि उनले राष्ट्रिय समर स्मारकमा वीर शहिदहरूको सम्मानमा पुष्प गुच्छा अर्पण गरेका थिए ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया