१० बुँदे कार्यान्वयन नभएपछि एमाले डडेलधुरामा विवाद चर्कियो
ओलीनिकट जाेशी नै माधव नेपालतिर
डडेलधुरा – नेकपा एमालेको डडेलधुरा जिल्ला कमिटीमा असन्तुष्टि चर्किएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा १० बुँदे सहमतिविपरीत गतिविधि गराएको भन्दै एमाले डडेलधुराका अध्यक्ष डा. तारा जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।
उनलाई नेकपा एसका अध्यक्ष माधव नेपालले बुधबार (भोलि) जिल्लामा आयोजना हुने कार्यक्रममा पार्टी प्रवेश गराउँदै छन् । ओलीले अध्यक्षको रूपमा प्रकाश साउदलाई जिम्मेवारी दिएपछि एमाले डडेलधुरामा विवाद चर्किएको हो । साउदले गाउँ तथा नगर अधिवेशनमा जोशी पक्षलाई जानकारी नै नगराई एकलौटी रूपमा नेतृत्व चयन गरेपछि जोशी पक्ष रुष्ट बनेको थियो ।
नेकपाबाट माओवादी केन्द्र र एमाले ब्यूँतिएपछि केही नेता नेकपा एस गठनमा लागे पनि जोशीसहित नेताले एमालेमै रहने निर्णय गरेको जोशीले बताए । ‘माथिबाटै एमालेको एकता कायम गर्नका लागि विभिन्न प्रयास भए । १० बुँदे सहमतिदेखि लिएर अपानी १२ लगायतको कार्यान्वयन हुन्छ कि हुँदैन भनेर हेरिरहेका थियौं,’ जोशीले भने, ‘तर, कार्यान्वयन भएन । र, हामी एसमा प्रवेश गर्दैछौं ।’
जोशीसँगै अधिकांश नेता कार्यकर्ता एसमा प्रवेश गर्ने तयारी छ । जोशीसँगै नेतृ सकुन्तला नगरकोटी, नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्ट, अमरगढी नगरप्रमुख संगीता भण्डारी पनि एसमा प्रवेश गर्दैछन् । कार्यकर्ता भेटघाट र प्रशिक्षणका लागि अध्यक्ष नेपाल बुधबार डडेलधुरा आउने लागेको एस डडेलधुराका अध्यक्ष तुलाराम बोहराले बताए । उनकाअनुसार नेपालसँगै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले पनि डडेलधुरा आउने कार्यक्रम छ ।

उपेन्द्र यादवले भने, ‘भुमी सबन्धी बिधेयकको बिरोध रहन्छ'

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन : प्रधानमन्त्री ओली

हिमालदेखि महासागरसम्मको सोच जरुरी : प्रधानमन्त्री ओली

पहिलो पटक राष्ट्रपतिबाट हजयात्रीको बिदाई

कांग्रेस संसदीय दलको बैठक शनिबार

आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं : इजरायली राज…

प्रतिक्रिया