राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख पदमुक्त, तीन नियुक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना प्रदेश प्रमुखलाई पदमुक्त गरेर तीन जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबारको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेर ती ठाउँमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।
राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ । त्यस्तै राष्ट्रपति भण्डारीले प्रदेश १ मा परशुराम खापुङ्ग, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई नियुक्त गरेकी छन् ।

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

प्रतिक्रिया