६० वकिलसँग प्रधानन्यायाधीशले भने : बेन्च तत्काल अगाडि बढाउँछु

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बेन्च तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार अधिवक्ता बसन्त बस्नेतको नेतृत्वमा डेलिगेसनमा आएको ६० जना कानुन व्यवसायीको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश जबराले अदालतमा भइरहेका गैरकानुनी काम निस्तेज गरेर यथाशीघ्र बेन्च सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
'अदालत प्रशासन चलाउने काम मेरो हो । नेपालको संविधान कानुन, न्याय प्रशासन ऐनअन्तर्गत बेन्च तत्काल अगाडि बढाउँछु । गैरकानुनी काम निस्तेज गर्छु,' जबराको भनाई उद्धृत गर्दै अधिवक्ता बस्नेतले भने ।
अधिवक्ताको समूहले मुख्य तीनवटा माग राखेर प्रधानन्यायाधीशलाई ज्ञापन बुझाएको हो । जसमा बेन्च सूचारु गर्नुपर्ने, बारको वैधानिक माग पूरा गर्ने तथा अवैधानिक कुरालाई अस्वीकार गर्नुपर्ने माग गरिएको छ ।
त्यसैगरी वरिष्ठ अधिवक्ता, १९ जना न्यायाधीशहरु र हरिकृष्ण कार्कीको प्रतिवेदनले अदालत भ्रष्टाचार भइरहेको देखाएकाले भ्रष्टाचारको छानविन गरी को को दोषी छन् न्यायाधीश, वकिल, बिलौचिया सबैलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।
'हामीले यो तत्काल अगाडि बढाउनुस् भन्यौं,' बस्नेतले भने । उनकाअनुसार अदालत प्रशासनले रिट र मुद्दा दर्ता नगरेकोमा पनि अधिवक्ताहरुले प्रधानन्यायाधीशसँग असन्तुष्टि जनाएका थिए । न्यायाधीशलाई हड्ताल गर्ने अधिकार नभएको तर्फ पनि ध्यानाकर्षण गराएका थिए ।
सहभागीहरुले 'तपाई गलत हुनुहुन्छ भने नैतिकताका आधारमा राजीनामा दिनुस् । सही हुनुहुन्छ भने कसैको दबाबमा नपर्नुस् । न्याय प्रशासन ऐनअन्तर्गत अदालतलाई अगाडि बढाउनुस् । बन्धक बनाउन मिल्दैन' भनेका थिए ।
'भोलि सेवाग्राही आएर सर्वोच्च गेटमा ढुंगा हान्ने दिन नआओस् । त्यस्तो दिन आउनु राम्रो हुँदैन भनेर साथीहरुले कुरा राख्नुभयो,' अधिवक्ता बस्नेतले भने, 'प्रधानन्यायाधीशले हाम्रो कुरा गम्भीरतापूर्वक सुन्नुभयो । भोलिबाटै बेन्च सूचारु गर्ने र अन्य माग पनि कार्यान्वयनमा लाने प्रतिबद्धता जनाउनुभयो ।' न्यूज कारखाना

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’

नेकपा एसको निष्कर्षः प्रतिशोधका आधारमा फसाउन खोज्यो

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

प्रतिक्रिया