राष्ट्रसंघका सहायक महासचिवसँग मन्त्रीद्वयले भने : उच्चतहमा नेपालकाे उपस्थिति आवश्यक छ

काठमाडौँ - नेपालमा भ्रमणमा रहेका राष्ट्रसंघका सहायक महासचिव क्रिश्चियन सान्डर्सले परराष्ट्रमन्त्री डा. नारायण खड्का र रक्षामन्त्री डा. मीनेन्द्र रिजाल सँग छुट्टा–छुट्टै भेटवार्ता गरेका छन् । उनले नेपालबाट शान्ति सेनामा लैजाने सामग्री तथा बख्तर बन्दको अध्ययन गर्न आएका थिए । उनले त्यसको दर रेट समेत तोक्ने काम गर्छन् ।
नेपाली सेनाले विश्व शान्तिमा निर्वाह गरेको भूमिका र आगामी दिनमा गर्ने कार्य लगायतको विषयमा छलफल भएको जनाइएको छ । नेपाली सेनाले राष्ट्रसंघको उच्च पदमा पनि तल्लो तह रहेको उपस्थितीको आधारमा नै माथिल्लो तहमा पनि दरबन्दी माग गरिरहेको छ ।
बेग्लाबेग्लै भेटवार्तामा मन्त्रीद्वय रिजाल र खड्काले शान्ति सेनामा नेपाल र नेपाली सेनाको गौरवशाली योगदान र भविष्यमा विस्तारित प्रभावकारी नेतृत्वदायी भूमिकाबारेमा जोड दिँदै नेपाली सेनाको उपस्थिती र उच्च तहमा दरबन्दीको कुरा उठाएका थिए ।
दुवै मन्त्रीले नेपालबाट राष्ट्र संघमा निरन्तर निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । सहायक महासचिवले शान्ति सेनामा सहभागी भएर विश्व शान्ति स्थापनामा नेपालका सुरक्षाकर्मीले निर्वाह गरेको योगदानको सराहना गर्दै नेपालीको विश्वभर नाम रहेको पनि बताए ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया