बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

सुस्तामा भएकाे भारतीय हस्तक्षेपको विरोधमा माइतिघरमा प्रदर्शन

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी निकट संयुक्त जनवर्गीय संगठनहरूले नेपाली सीमामा भारतीय हस्तक्षेपको विरोधमा प्रदर्शन गरेका छन् ।

भारतीय सुरक्षाकर्मीले नेपालको सुस्तामा हस्तक्षेप गरेको भन्दै मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो । प्रर्दशनमा सहभागीहरुले भारतीय हस्तक्षेप मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद , जनमत संग्रहको घोषणा गर लगायतका प्लेकार्ड सहित नाराबाजी गरेका थिए ।

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाफौज (एसएसबी) तैनाथ गरिएको र उनीहरुले ड्रोन उडाउन नेपाल प्रवेश गरेको भन्दै आपति जनाएका छन् ।