मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा सम्पन्न

काठमाडौँ- मुक्तिनाथ क्यापिटल लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेको छ । आज क्यापिटलका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
सम्पन्न भएको विशेष साधारण सभाले प्रस्तावित १:१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । हकप्रद सेयर निष्काशन गरे पश्चात क्यापिटलको पूँजी वृद्धि भई ४०.५० करोड पुग्ने क्यापिटलले जनाएको छ ।
क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले यस आर्थिक वर्ष देखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु समेत संचालन गर्ने योजना रहेको जनाएको छ । त्यसैगरी यसै आर्थिक वर्ष भित्र मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रबद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामूहिक लगानी कोष संचालन गर्ने योजना समेत रहेको छ ।
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया