प्रधानन्यायाधीशको राजीनामालाई लिएर सर्वोच्चका न्यायाधीश विभाजित, दुई न्यायाधीशले हेरे मुद्दा

काठमाडौँ - प्रधानन्यायाधीशको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरु विभाजित भएका छन् ।
प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ नगर्ने, बन्दी प्रत्यक्षीकरणबाहेकका विवादमा सुनुवाइ नगर्ने विषयमा सोमबारसम्म एक ढिक्का देखिएका न्यायाधीश मंगलबारबाट विभाजित भएका छन् ।
प्रधानन्यायाधीश निकट मानिने न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले मंगलबार संयुक्त इजलासमा बसेर मुद्दा सुनुवाइ गरेका छन् भने अन्य न्यायाधीश इजलास गएनन् ।
केसी र शर्माको संयुक्त इजलासले एउटा रिट खारेज गर्ने आदेश दिएको छ भने उनीहरूको इजलासमा परेका अन्य मुद्दा हेर्न नभ्याउने सूचीमा राखेका छन् । तर, अन्य न्यायाधीशहरूले भने मुद्दा सुनुवाइ प्रक्रियामा सहभागी भएनन् ।
प्रधानन्यायाधीश जबराले भने आफ्नो एकल इजलासमा पेसीमा राखेका सातमध्ये ६ वटा विवादमा सुनुवाइ गरी आदेशसमेत जारी गरेका छन् । नेपाल बारले गरेको बहस बहिष्कारकाबीच केही असन्तुष्ट कानुन व्यवसायीले बहसमा भाग लिएपछि उनले ६ वटा मुद्दामा आदेश जारी गरेका हुन् ।
सर्वोच्चका दुई न्यायाधीश इजलास फर्किएको नभई बन्दीका रिट हेर्न मात्र इजलासमा गएको असन्तुष्ट एक न्यायाधीशले बताए । तर, प्रधानन्यायाधीश सचिवालय भने मंगलबार इजलास गएका न्यायाधीशद्वय भोलि बुधबारबाट निरन्तर इजलासमा जाने दाबी गर्छ ।
‘सबै न्यायाधीश सम्माननीयज्यू (प्रधानन्यायाधीश)सँग असन्तुष्ट भन्ने हल्लामात्र हो, उहाँसहित तीनजना न्यायाधीशले अब निरन्तर सुनुवाइ गर्नुहुन्छ,’ प्रधानन्यायाधीश जबराको सचिवालयका एक अधिकारीले भने ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया